Update
संक्षिप्त परिचय
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने सिन्धुली जिल्लाका साविक डुडभन्ज्याङ, वितीजोर, भुवनेश्वरी, तीनकन्या, रतनचुरा, बाशेश्वर र भिमेश्वर गरी ७ वटा गाउँ विकास समितिहरूलाईएकीकृत गरी ७ वटा वडा कायम गर्ने गरी नेपाल सरकारको मिति २०७३/११/२७ गतेको निर्णयले देशभरिका अन्य स्थानीय तह जस्तै यस गोलन्जोर गाउँ पालिकालाई स्थानीय तहको रूपमा लागू गरिएको हो । सिन्धुली जिल्लाका साविक गाउँ विकास समितिहरू वाशेश्वर, रतनचुरा र तीनकन्याको बीच भागमा पर्ने गोलन्जोर डाँडाको नामबाट यस गाउँपालिकाको नाम गोलन्जोर रहन गएको हो ।
गाउँपालिका सम्बन्धी आधारभुत जानकारी :
गाउँपालिकाको नाम गोलन्जोर गाउँपालिका
सघीयता अनुसार घोषणा बि.सं. २०७३÷११÷२७
प्रदेश बागमती
जिल्ला सिन्धुली
वार्ड संख्या ७
जनसंख्या १८७३७ (जनगरणा २०७८ अनुसार)
महिला–५०.७% ,पुरुष –४९.३%
कुल परिवार संख्या ४५२७ ः
गाउँपालिकाको सिमाना ःपूर्वमा फिक्कल गाउँपालिका र रामेछाप जिल्ला, पश्चिममा कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिका, उत्तरमा रामेछाप जिल्ला र दक्षिणमा कमलामाई नगरपालिका र तीनपाटन गाउँपालिका
कमहत्वपुर्ण वजारहरु ग्वाल्टार, खुर्कोट,च्याकुटार, खनियाखर्क
प्रमुख जाती तथा संख्या क्षेत्री, ब्राम्हण, ठकुरी मगर, नेवार, कामी, दमाई, सार्की, भुजेल, माझी, तामाङ, सुनुवार, राई हायु आदि ।
पर्यटकिय क्षेत्र बिन्दाबासिनी मन्दिर, कलङ्केश्वरी महादेब गुफा धारापानी,भिम्लेश्वर महादेब शुलिभन्ज्याङ, डुकुरसिंग मन्दिर ओख्ले ,नाकाजोली जुनार क्षेत्र, माझकुभिण्डे जुनार बगैँचा, गोलन्जेर भ्यु टावर, ल्यान्द्रयाङ,माहाभारत क्षेत्र खनियाखर्क देखी धापचौकी क्षेत्र ,सुनकोसी नदी र्याफटिङ्ग,
चाडपर्व दशै,तिहार,ल्होसार,माघी, होली,तीज,जनैपुर्णिमा,ः
बिद्यालयको संख्या ६४
संस्थागत बिद्यालयको संख्या २
सामुदायिक बिद्यालयको संख्या ६२
क्याम्पस १
सामुदायिक अस्पताल १
स्वास्थ्य चौकी÷आधारभूत स्वास्थ्य केन्द्र १२
निजी अस्पताल १
सडक मार्गहरु
बि.पी राजमार्ग
मध्यपहाडी लोकमार्ग
प्रमुख खोला नदीहरु सुनकोसी नदी
खोलाहरु ः वाक्सु बितिजोर, बन्दिजोर, अधेरी